काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबीचको खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफमा नेपालले १-० गोलको अग्रता लिएको छ । नेपालका लागि एक गोल गीता रानाले गोल गरेकी थिइन् ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।









