• २०८३ जेठ १२ मंगलबार

दक्षिणी इरान गरेको आक्रमण आत्मरक्षात्मक भएको अमेरिकी दाबी

दक्षिणी इरान गरेको आक्रमण आत्मरक्षात्मक भएको अमेरिकी दाबी

काठमाडौँ । युद्धविराम कायम रहेका बेला अमेरिका र इरानबीच जारी वार्ता चलिरहेकै अवस्थामा अमेरिकी सेनाले सोमबार होर्मुज जलडमरूमध्य आसपास इरानी क्षेप्यास्त्र प्रक्षेपण स्थल र डुङ्गालाई लक्षित गर्दै 'आत्मरक्षात्मक आक्रमण' गरेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार दक्षिणी इरानमा रहेका अमेरिकी सैनिकमाथि सम्भावित जोखिम देखिएपछि उक्त आक्रमण गरिएको हो ।

अमेरिकी केन्द्रीय कमान्डका प्रवक्ता टिमोथी हकिन्सले समाचार संस्था सिएनएनसँग कुरा गर्दै अमेरिकी फौजले इरानी सैन्य खतराबाट आफ्ना सैनिकको सुरक्षा गर्न आत्मरक्षात्मक आक्रमण गरेको बताएका हुन् ।

उनका अनुसार आक्रमणको निशानामा क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका इरानी डुङ्गा परेका थिए । उनले जारी युद्धविरामका बीच अमेरिकी केन्द्रीय कमान्डले संयमता अपनाउँदै आफ्ना सैनिकको सुरक्षा जारी राखेको बताए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको समृद्ध युरेनियम नष्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेका छन् । उनले उक्त युरेनियम तत्काल अमेरिकामा ल्याएर नष्ट गरिने वा इरानकै सहमतिमा त्यहीँ अथवा अर्को उपयुक्त स्थानमा नष्ट गरिने बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत दिएको अभिव्यक्तिमा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय वा सोसरहको निकायको उपस्थितिमा उक्त प्रक्रिया सम्पन्न गरिने उल्लेख गरेका छन् ।

गत साता ह्वाइट हाउसस्थित ओभल कार्यालयमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको समृद्ध युरेनियम फिर्ता ल्याउने विषयमा कुनै सम्झौता नगर्ने बताएका थिए । उनले युरेनियम प्राप्त गरेपछि सम्भवतः नष्ट गर्ने, तर इरानलाई त्यसको नियन्त्रणमा रहन बदिने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै