• २०८३ जेठ १२ मंगलबार

कोलम्बियाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

कोलम्बियाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

काठमाडौं । कोलम्बियाको विश्वकप फुटबल खेल्ने २६ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ । 

कोलम्बिया समूह के मा रहेको छ । समूह चरणमा उसले मेक्सिको सिटीमा उज्बेकिस्तान, ग्वादालाहारामा कङ्गो लोकतान्त्रिक गणतन्त्र र मियामीमा पोर्चुगलसँग खेल्नेछ ।

कोलम्बियाले दक्षिण अमेरिकी छनोटमा १८ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थान हासिल गर्दै विश्वकपमा स्थान बनाएको हो । छनोट चरणमा जेम्स रोड्रिगेज र लुइस डियाजले महत्वपूर्ण भूमिका खेलेका थिए । गोल अन्तरका आधारमा कोलम्बिया उरुग्वे र ब्राजिलभन्दा माथि रहँदै सफल भएको हो । 

कोलम्बियाको टिम: 

गोलरक्षक: क्यामिलो भार्गास, डेभिड ओस्पिना र अल्भारो मोन्टेरो ।

डिफेन्डर: जोहान मोहिका, डेइभर माचाडो, ड्यानियल मुन्योस, सान्तियागो आरियास, डेविन्सन सान्चेज, जोन लुकुमी, येरी मीना र विल्लेर डिटा ।

मिडफिल्डर: जेफर्सन लेर्मा, रिचार्ड रियोस, केभिन कास्टान्यो, होर्गे कारास्काल, जेम्स रोड्रिगेज, हुआन फर्नान्डो क्विन्तेरो, गुस्ताभो पुर्ता, हुआन क्यामिलो पोर्तिल्ला, जोन आरियास र हामिल्टन काम्पाज

फरवार्ड: कार्लोस आन्द्रेस गोमेज, लुइस स्वारेज, जोन कोर्डोबा, हुआन क्यामिलो हेर्नान्देज र लुइस डियाज ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै