काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरुले अवरोध गरेका छन् ।
मंगलबारको बैठकमा शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै अवरोध गरेका हुन् ।
विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आफुले पनि सरकार र सत्ता पक्षसँग कुरा गरेको र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको जानकारी गराएका थिए ।
तर विपक्षी दलहरुले सभामुखको रुलिङको माग गर्दै प्रधानमन्त्री आउने समय तोक्न समेत माग गरेका थिए । उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । विपक्षीदलहरुको अवरोधका बीच पनि सभामुख अर्यालले बैठक अगाडी बढाएका छन् ।









