महोत्तरी । विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हटेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादव र डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्ध जनाएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक करिब १० घण्टापछि खुलेको हो ।
बर्दिबास नगरपालिका -३ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सोमबार राती सुचना जारी गर्न पुगेको डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएपछि तनाव भएको थियो । स्थानीयको नियन्त्रणमा रहेका कर्मचारीलाई सुरक्षाकर्मिले उद्धार गरेपनि स्थानीयले वन कार्यालयको गाडीमा आगजनी गरेका थिए ।









