काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
बिहान ९ बजे बस्ने बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









