काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजे बस्ने भएको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।









