• २०८३ जेठ १३ बुधबार

कोशी प्रदेश सभामा विवाद, पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भाँचे माइक !

कोशी प्रदेश सभामा विवाद, पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भाँचे माइक !

विराटनगर । कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर विवाद भएको छ । 

बुधबार प्रतिपक्षी दलहरूको अवरोधका बीच सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रम उक्लिएर माइक भाँचेका छन् ।

प्रतिपक्षी सांसदको सिटबाट उठेर रोस्ट्रमतर्फ पुगेका राईले माइक तानेर फाल्न खोजेपछि मर्यादापालकहरूले उनलाई त्यहाँबाट हटाएका थिए ।  प्रतिपक्षी दलहरूले मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय नदिई पारित गरिएको आरोप लगाउदै प्रदेश सभामा विरोध जनाएका छन् । बुधबार पनि विरोध जारी रहेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । यसअघि मंगलबार बसेको प्रदेशसभाको बैठकमा विपक्षीको अवरोधका कारण सरकारको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुन सकेको थिएन ।

प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको छैटौँ बैठकको कार्यसूचीअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र त्यसपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम थियो । मुख्यमन्त्री कार्कीले झण्डै एक घण्टा जवाफ दिएपछि सभामुख विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सदनबाट ‘हुन्छ’ भन्ने आवाज आएपछि उनले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेपछि विवाद शुरु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै