काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा मठ मन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले रुकुम पश्चिम,आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरेको जनाएको हो ।
परियारले विभिन्न सामाजिक सञ्जालमा देखिएका भिडियोमा 'मठ मन्दिरमा आगो लाइदिनेछौं' भन्दै कमेन्ट गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
परियारको अभिव्यक्तिपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।









