• २०८३ जेठ १५ शुक्रबार

वरुण धावनको फिल्म विवादमा, निर्माता वाशु भगनानीले ४०० करोड माग गर्दै दायर गरे मुद्धा

वरुण धावनको फिल्म विवादमा, निर्माता वाशु भगनानीले ४०० करोड माग गर्दै दायर गरे मुद्धा

काठमाडौँ । बलिवुडका फिल्म निर्माता वाशु भगनानीले टिप्स म्युजिक कम्पनी, रमेश तौरानी, कुमार एस तौरानी र निर्देशक डेविड धवनविरुद्ध ४०० करोड भारुको मुद्दा दायर गरेका छन् ।

यो विवाद मुम्बई उच्च अदालतसम्म पुगेको छ । पूजा इन्टरटेनमेन्ट (इन्डिया) लिमिटेडका तर्फबाट दायर गरिएको उक्त मुद्दा चलचित्र र संगीत अधिकारसम्बन्धी विवादसँग जोडिएको बताइएको छ ।

मुद्दाको मुख्य कारण अभिनेता वरुण धवनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘है जवानी तो इश्क होना है’ रहेको बताइएको छ । आरोपअनुसार फिल्ममा वाशु भगनानीको पुरानो फिल्म ‘बीवी नम्बर १’ का लोकप्रिय गीतहरू ‘चुनरी चुनरी’ र ‘इश्क सोना है’ अनुमति बिना यस फिल्ममा प्रयोग गरिएको बताइएको छ । भगनानी पक्षले यी गीतहरूको प्रयोग बिनाअनुमति गरिएको भन्दै तत्काल रोक लगाउन माग गरेको छ । साथै, फिल्मको प्रचार सामग्रीबाट ती गीत हटाउन र फिल्मको शीर्षक समेत परिवर्तन गर्न माग गरिएको छ ।

वाशु भगनानीका वकिलका अनुसार, पहिलेको सम्झौतामा केवल अडियो अधिकार मात्र दिइएको थियो, तर पछि भिडियो अधिकारका लागि भएको संवाद निष्कर्षमा पुगेको थिएन । उनले कम्पनीले आफ्नो कानुनी अधिकार प्रमाणित गर्न आवश्यक कागजात प्रस्तुत गर्नुपर्ने पनि बताएका छन् ।

यसैबीच, पूजा इन्टरटेनमेन्टले थप १०० करोड रुपैयाँ क्षतिपूर्तिको मागसमेत गरेको छ । कम्पनीले टिप्स म्युजिक र डेविड धवनले बौद्धिक सम्पत्ति अधिकारको गैरकानुनी प्रयोग गरेको आरोप लगाएको छ ।

यो मुद्दासँगै बलिउडमा संगीत अधिकार र फिल्म सामग्री प्रयोगसम्बन्धी विवाद फेरि चर्किएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै