• २०८३ जेठ १५ शुक्रबार

इरानले जित्यो काभा महिला भलिबलको उपाधि

इरानले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौं । इरानले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । 

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।  इरानले काजकिस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले पराजित गरेको हो । 

सन् २०२५ मा उज्वेकिस्तानमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली उज्वेकिस्तानलाई हराउँदै इरानले नै उपाधि जितेको थियो । 

यसअघि आजै भएको तेस्रो स्थानको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गर्दै काश्य पदक जितेको थियो ।  नेपाल घरेलु कोर्टमा सम्पन्न काभा च्याम्पियनसिपको चौथो स्थानमा सीमित हुदै पदक विहिन बनेको छ । 

नेपालले भरतसँग २२–२५, २३–२५, २५–१५ र २२–२५ को सेटमा हार व्यहोरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै