काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको २० हजार ५ सयले बढेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भएको थियो ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको भन्सार महशुल दर बढाएर २० प्रतिशत पुर्याएपछि सुनको मुल्य बढेको हो । यसअघि सुनको भन्सार महशुल दर १० प्रतिशत थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले बढेर ५३४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०४० मा कारोबार भएको थियो ।









