• २०८३ जेठ १७ आइतबार

राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित

राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित

काठमाडौं ।  राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।

आइतबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको हो ।

यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस गरेकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे बस्ने गरि आजको बैठक स्थगित भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै