• २०८३ जेठ १७ आइतबार

किन भयो फ्रान्समा दंगा ?

किन भयो फ्रान्समा दंगा ?

काठमाडौँ । च्याम्पियन्स लिगको फाइनलमा आर्सनललाई हराउँदै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले उपाधि जितेपछि फ्रान्सभर फुटबल समर्थक र प्रहरीबीच भएको झडपमा २१९ जना घाइते भएका छन् ।

गृहमन्त्री लोराँ न्युनेजका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको र राजधानी पेरिसमा बस, रेल र ट्रेन सेवामा असर पार्ने सम्भावित घटनालाई रोक्न हजारौँ प्रहरी परिचालन गरिएको थियो। ती झडपका क्रममा ५७ प्रहरी पनि घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।

हिंसासँग सम्बन्धित घटनामा ७८० जनालाई पक्राउ गरिएको र ४५० भन्दा बढीलाई नियन्त्रणमा लिइएको गृहमन्त्री न्युनेजले बताएका छन् । पेरिसको रिङ रोडमा भएको एक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । दङ्गाकारीहरूले रातभर सो सडक अवरुद्ध गर्ने प्रयास गरिरहेका थिए ।

आइतबार हुने विजय परेडका लागि करिब ६ हजार प्रहरी परिचालन गरिएको छ । यो परेड पेरिसको प्रसिद्ध एफिल टावर वरपर आयोजना गरिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै