• २०८३ जेठ १७ आइतबार

साफ महिला च्याम्पियन्सिपमा श्रीलंकालाई हराउदै नेपाल सेमिफाइनलमा

साफ महिला च्याम्पियन्सिपमा श्रीलंकालाई हराउदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिपको समूह चरणमा लगातार दोस्रो जित हासिल गरेको छ ।

भारतको गोवामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको पहिलो हाफमा रश्मि कुमारी घिसिङ र दोस्रो हाफको ६२औं मिनेटमा रेनुका नगरकोटीले एक एक गोल गरेका थिए ।

नेपालले दुई जितपछि समुह ए मा २ खेलमा ६ अंकसहित समुह विजेता भएर समिफाइनलमा पुगेको छ । 

त्यस्तै श्रीलंका भने दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने भुटान समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले समुह बीको उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ । समुह बी बाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् र समुह विजेता र उपविजेताको टुंगो दुवैबीच आजै हुने समुह चरणको अन्तिम खेलपछि टुंगो लाग्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै