• २०८३ जेठ १९ मंगलबार

सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतबाट  अनुमानित ३ करोड बराबरको सुन र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । 

सुर्खेत प्रहरीका अनुसार नेपालगन्ज स्थायी ठेगाना भएर हाल सुर्खेतमा बसोबास गर्ने ६३ बर्षिय श्याम सुन्दर अग्रवाल करिब ३ करोड बराबरको सुन र चाँदीका गहना तथा २ लाख १९ हजार नेपाली र ८ लाख ११ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । 

उनलाई प्रहरीले सोमबार वीरेन्द्रनगर-६ स्थित तल्लो बजारमा रहेको शिव इम्पोरियममा नगद र गहना धितो राखी ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिएको छ । उनीसँग एक थान पैसा गन्ने मेशिन समेत बरामद भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै