काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम जापानमा हुने एशियन गेम्सका लागि छनौट भएको छ ।
सिंगापुरमा जारी एशियन गेम्स छनौट अन्तर्गत मंगलबार समुह ए मा मलेसियाले चीनलाई पराजित गरेसँगै मलेसिया र नेपाल दुवै एसियन गेम्समा छनौट भएका हुन् ।
नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २१२ रनको फराकिलो अन्तरले हराएको थियो । अब नेपालले मलेसियासँग विहिबार खेल्ने तालिका रहेको छ ।
छनोटबाट सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने छन् । समुह बी मा हङकङ, ओमान, सिंगापुर र बहराइन रहेका छन् ।
एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।









