काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ७६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २९ जना घाइते भएका छन् भने मधेश प्रदेशमा ४ जना, काठमाडौँमा २८ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् भने कर्णालीमा २ जना र लुम्बिनीमा एक जना घाइते भएका छन् ।









