• २०८३ जेठ २३ शनिबार

अन्तर–व्यवस्थापिका सम्मेलन टिकापुरमा शुरु

अन्तर–व्यवस्थापिका सम्मेलन टिकापुरमा शुरु

टीकापुर । कैलालीको टिकापुरमा अन्तर–व्यवस्थापिका सम्मेलन शुरु भएको छ । शनिबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल सम्मेलनको उद्घाटन गरेका छन् ।

आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद् र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहकार्य तथा सहअस्तित्वलाई थप सुदृढ बनाउने उद्देश्य बारे छलफल हुने बताइएको छ ।

अन्तर–व्यवस्थापिका मञ्चद्वारा आयोजित सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको छ । सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारी, सातै प्रदेशका सभामुख तथा उपसभामुखहरू, साथै संघीय संसद् र प्रदेश सभाका महासचिव तथा सचिवहरूको सहभागिता रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै