• २०८३ जेठ २४ आइतबार

कम्बोडियामा रहेका ६०२ नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह

कम्बोडियामा रहेका ६०२ नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह

काठमाडौँ । कम्बोडियामा विभिन्न उद्देश्यले गई भिसा अवधि समाप्त भइसकेपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकलाई लक्षित गर्दै नेपाल फर्कन तत्काल आग्रह गरिएको छ।

थाइल्याण्डको बैंककस्थित नेपाली दुताबासले कम्बोडिया सरकारले यसअघि भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने व्यवस्था मिलाई उनीहरूलाई नेपाल फर्कन सहजीकरण गरेको उल्लेख गर्दै ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि हालसम्म सम्बन्धित व्यक्तिहरूले स्वदेश फर्किने तदारूकता नदेखाएको पाइएको बताएको छ ।

कम्बोडिया सरकारको नयाँ कानुनी व्यवस्था अनुसार तोकिएको समयमा आफ्नो देश नफर्कने विदेशी नागरिकमाथि अनुसन्धान गरी कसुरको प्रकृति अनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको बताउदै दुताबासले सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र कनेक्टिङ उडानसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरेको छ । साथै, उनीहरूका परिवारजन तथा आफन्तलाई पनि यो सूचनालाई आधार मानी आफ्ना प्रियजनलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकीछिपी बस्ने नेपाली नागरिकहरूलाई नयाँ कानुनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कडा कानुनी सजाय भोग्नुपर्ने अवस्था रहेको समेत दुताबासले जानकारी गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै