• २०८१ जेठ २ बुधबार

बर्षको उत्कृष्ट गोलका लागि रोनाल्डोसहित ११ खेलाडीको मनोनयन सार्वजनिक, को को परे ? 

kharibot

काठमाडौँ। युरोपियन फुटबल फेडेरेशनले गत सिजनको गोल अफ द सिजनको लागि ११खेलाडीले गरेको गोल छनौट गरेको छ। 

यूएफएले सार्वजनिक गरेको गोलको सुचीमा तत्कालिन रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको खेलमा युभेन्टसविरुद्धगरेको बाइस्कल किक गोल पनि समावेश  भएको छ। तर सो सुचिमा सोही प्रकारको गोल लिभरपुलविरुद्ध हानेका ग्यारेथ बेलको गोल भने समावेश गरिएको छैन।

यूइएफएले गत सिजनमा पुरुष र महिलाका क्लब र देशबात खेलिएका फुटबल खेलहरुमा भएका उत्कृष्ट ११ गोलको सुची सार्वजनीक गरेको हो। यो पुरस्कार गत बर्ष मारियो मण्डजुकिकले जितेका थिए भने २०१५ र २०१६ मा लियोनेल मेसिले जितेका थिए। यस बर्ष मेसी मनोनयनमा परेका छैनन्।  यो सूचीबाट एक उत्कृष्ट गोललाई पुरस्कृत गरिने यूईएफएले जनाएको छ। 

मनोनयनमा परेका ११ खेलाडी :

क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड ३ -युभेन्टस ०)
रिकार्डीन्हो (पोर्चुगल ४- रोमानिया १)
गोन्कालो रामोस (पोर्चुगल ४ - सोल्भेनिया ०)
डिमीट्री पायेट (मार्सेली ५ -लेइपेजिङ्ग २)
इभा नाभारो (स्पेन २ - जर्मनी ०)
पाउलो स्ट्रेला (पोर्टो ५ -बेसिकटस १)
क्रिस्टियन इरिक्सन ( डेनमार्क ५ - आयरल्याण्ड १)
इलियट इम्बेल्टन (इङल्याण्ड ३ - टर्की २)
एलिसान्ड्रो (इन्टरमिलान ५ - स्पोर्टिंग २)
ओल्गा कार्मोना (स्पेन २ - स्विटजरल्याण्ड ०)
लुकी ब्रोन्ज (लियोन १ - म्यान्चेस्टर सिटी ०)

     
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै