• २०८३ असार ४ बिहीबार

तुईनखोला नजिक खसेको पहिरो हटाइदै

तुईनखोला नजिक खसेको पहिरो हटाइदै

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको तुईनखोला नजिक खसेको पहिरो हटाउने काम जारी रहेको छ ।

बुधबार राति पहिरो खस्दा अवरुद्ध बनेको सडक करिब डेढ घण्टापछि सञ्चालनमा आएको थियो । गएराती करिब ८:३० बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । तर पहिरो पन्छाएपछि राति १० बजे सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो ।

हाल बाँकी रहेको पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको सडक डिभिजन कार्यलय भरतपुरले जनाएको छ । सुरक्षाकर्मीको समन्वयमा केही समय सवारी आवागमन रोकिएको र अहिले सो स्थानमा मेसिन प्रयोग गरेर सफाइ कार्य जारी रहेको कार्यलयले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय