• २०८३ असार ६ शनिबार

आज १२औं अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

आज १२औं अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

काठमाडौँ । आज १२औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघमा गरिएको प्रस्ताव स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।

सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । 'स्वस्थ र दीर्घायु जीवनका लागि योग' भन्ने मूल नाराका साथ १२औ विश्व योग दिवस मनाउन लागिएको हो ।

योगले तन-मनलाई शान्त र स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूले बताएका छन् । नियमित योग अभ्यासले शरीरलाई दीर्घायु र स्वस्थ जीवनशैलीतर्फ अघि बढाउन मद्दत गर्ने उनीहरूको भनाइ छ । विज्ञका अनुसार योगले मानसिक तनाव घटाउन सहयोग गर्छ भने रक्तचाप र मधुमेहजस्ता दीर्घरोग नियन्त्रणमा पनि प्रभावकारी मानिन्छ । त्यस्तै, योगका विभिन्न आसन र श्वास–प्रश्वास अभ्यासमार्फत शरीरभित्र रहेका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत पुग्छ। यसले शरीरमा आवश्यक पोषक तत्त्वको प्रवाह सहज बनाउने र टक्सिन हटाउने काम गर्छ।

त्यस्तै योग अभ्यासले शरीरको रक्तसञ्चार प्रणालीलाई पनि सन्तुलित बनाउँछ। नियमित अभ्यासले जोर्नी, हड्डी र मांसपेशीलाई लचिलो तथा बलियो बनाउन सहयोग गर्ने बताइएको छ। यसले सम्पूर्ण शरीरका मांसपेशीलाई सक्रिय राख्ने भएकाले समग्र शारीरिक व्यायामको रूपमा काम गर्ने विज्ञहरूको धारणा छ । योगले मस्तिष्कलाई शान्त बनाउने भएकाले एकाग्रता बढ्छ। मानसिक शान्त अवस्थाले कार्यक्षमता वृद्धि गर्न पनि मद्दत पुग्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै