• २०८३ असार ७ आइतबार

आज विश्व सङ्गीत दिवस मनाइँदै

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडौँ । आज विश्व सङ्गीत दिवस मनाइँदै छ । सङ्गीतका पारखीहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘जब संगीतले संस्कृतिलाई जोड्छ' भन्ने रहेको छ ।

सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो ।

विश्व संगीत दिवस सन् १९८२ मा फ्रान्सबाट सुरु भएको हो । सुरुवातमा यसलाई  'फेट द ला म्युजिक' नामले चिनिन्थ्यो । फ्रान्सको संस्कृति मन्त्रालयले सबैका लागि संगीतलाई सहज पहुँचयोग्य बनाउने उद्देश्यसहित यो दिवसको अवधारणा अघि सारेको थियो ।

यस अवसरमा शौकिया र पेशेवर दुवै प्रकारका संगीतकर्मीलाई सडक, पार्क तथा सार्वजनिक स्थलहरूमा निःशुल्क रूपमा प्रस्तुति दिन प्रोत्साहित गरियो । कुनै प्रवेश शुल्क नलिई संगीतलाई जनस्तरसम्म पुर्‍याउने अभ्यास यहीबाट सुरु भएको मानिन्छ ।

यस दिवसको मुख्य उद्देश्य कलात्मक सिर्जनशीलताको उत्सव मनाउनु हो । यसले विभिन्न स्तरका संगीतकर्मीलाई आफ्ना प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्न प्रेरित गर्छ । आयोजकहरूले निःशुल्क सार्वजनिक प्रस्तुति र समुदायको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्ने गर्छन् । यसले सबै नागरिकलाई प्रत्यक्ष मनोरञ्जनको अवसर उपलब्ध गराउछ ।

अन्ततः, यो दिवसले साझा संगीत अनुभवमार्फत सांस्कृतिक आदान-प्रदान र आपसी सम्मानलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै