• २०८३ असार ७ आइतबार

रास्वपाको सफलता लोभलाग्दो छ- गगन थापा

रास्वपाको सफलता लोभलाग्दो छ- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले रास्वपाले चार बर्षमा हासिल गरेको सफलता लोभ लाग्दो भएको टिप्पणी गरेका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रास्वपाको सफलता लोभ लाग्दो भएको बताउदै सभापति थापाले नेपालको राजनीतिमा रास्वपाले हासिल गरेको जनमत असाधारण रहेको बताउदै यस अघि यस्तै जनमत दुर्घटनामा परेको बताए । उनले विगतका पाठ सिक्दै यसअघि अगाडी बढ्ने विश्वास गरे । 

कांग्रेस रास्वपाको प्रतिष्पर्धी भएको भन्दै कांग्रेस भित्रको दुर्गन्ध हटाएर ठुलो हुने बताए । उनले सरकारलाई प्रश्न उठाउने बेलामा प्रश्न उठाउने र विरोध गर्ने बेलामा नडराएर उठाउने बताए । उनले पछिल्ला १०-१२ बर्षमा आफ्नै पार्टी नेतृत्वले गरेका गल्ति स्वीकार गर्दै प्रयास गरेपनि नसकेको बताए ।

उनले आफुहरुले आफ्नै पार्टीका नेताहरुलाई प्रश्न गरेको ढिला गरेकोले त्यसको सजाय पनि भोगेको बताउदै रास्वपाका नेता कार्यकर्तालाई गल्ति गर्ने नेताहरुलाई प्रश्न गर्न आग्रह गरे ।

उनले गरिवी र विभेद हामी सबैको दुश्मन भएको भन्दै यसको अन्त्य गर्न मिलेर काम गर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै