काठमाडौँ । सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याउन लागिएको छ ।
सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लागेको थियो । उनलाई नेपालगञ्जबाट जहाजमा काठमाडौँ ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ ।
बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।









