मौरीसँग उड्यो भने फूलवारीमा पुगिन्छ - प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौं। प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदयेश त्रिपाठी र बृजेश गुप्ता सहितका व्यक्तिहरुलाई नेकपामा प्रवेश गरेका छन्। दुवैले सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका थिए। 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्। ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए । प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताए। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको नेतृत्वमा देशले विकास र समृद्धिको उडान भर्ने तयारीमा रहेको बताए। पार्टीमा प्रवेश गर्नेहरुलाई ओली र प्रचण्डले अविर र ओलीले खादा लगाएर स्वागत गरेका छन्।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । राजधानी काठमाडौंकै कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नं. ५ बाट नेकपा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले टीका तथा खादा लगाएर स्वागत गरेका छन् । 

त्यस्तै ओखलढुङगाका सयौं नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्याक्ष पुष्पकमल दाहाल प्रचण्डले नव प्रवेशीलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका हुन । 

ओखलढुंगाका कांग्रेसका पूर्व  जिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्तालाई प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड जादै 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छन् । यही माघ ८

प्रधानमन्त्री ओली आइतबार स्वीट्जरल्याण्ड जादै 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने भएका छन् ।  यही

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमणः मुलुकको आर्थिक विकासका सहयोग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनलागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।  प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म

विदेशमा अवैधरुपमा रकम जम्मा गर्नेलाई कारवाही गरिन्छ – प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै विदेशमा अवैधरुपमा पैसा राख्नेलाई छानबिन गरेर कारवाही गर्ने बताएका छन् । नेकपाका सांसद खगराज अधिकारी र नेपाली काँग्रेसका सांसद


z