• २०८३ असार १० बुधबार

आणविक केन्द्रहरूको अन्तर्राष्ट्रिय निगरानी पुनः सुरु गर्ने योजना नभएको इरानको दाबी

आणविक केन्द्रहरूको अन्तर्राष्ट्रिय निगरानी पुनः सुरु गर्ने योजना नभएको इरानको दाबी

काठमाडौँ । अमेरिकाले गरेको दाबीविपरीत इरानले हाल आफ्ना आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय निगरानी पुनःस्थापना गर्ने कुनै योजना नभएको स्पष्ट गरेको छ ।

तेहरानले स्विट्जरल्यान्डमा भएको वार्ताका क्रममा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः फर्काउने विषयमा कुनै ग्यारेन्टी नदिएको स्पष्ट पारेको छ । इरानी अधिकारीहरूका अनुसार आईएईएका महानिर्देशक राफायल ग्रोसीसँग कुनै औपचारिक भेटवार्ता भएको छैन भने आणविक निरीक्षणसम्बन्धी कुनै सहमति पनि भएको छैन । यो धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले इरान निरीक्षकहरूलाई पुनः प्रवेश गर्न दिन सहमत भएको सार्वजनिक रूपमा बताएका बेला आएको हो ।

यद्यपि, इरानले भविष्यमा यस्तो सम्भावना भने पूर्ण रूपमा अस्वीकार गरेको छैन । अधिकारीहरूका अनुसार यस सम्बन्धमा कुनै निर्णय गरिएमा त्यसका लागि देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को स्वीकृति अनिवार्य हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै