• २०८३ असार १२ शुक्रबार

दुई शक्तिशाली भूकम्पपछि भेनेजुएलामा एक्समाथिको प्रतिबन्ध हटाइयो

दुई शक्तिशाली भूकम्पपछि भेनेजुएलामा एक्समाथिको प्रतिबन्ध हटाइयो

काठमाडौँ । भेनेजुएलामा एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प आएपछि सामाजिक सञ्जाल एक्समाथि लगाइएको प्रतिबन्ध हटाइएको छ । सन् २०२४ को अगस्टमा सरकारी आदेशमार्फत एक्समाथि प्रतिबन्ध लगाइएको थियो ।

इन्टरनेटमा सेन्सरशिपसम्बन्धी गतिविधि निगरानी गर्ने विभिन्न खाताहरूका अनुसार देशका प्रमुख इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकहरूले एक्समा पहुँच पुनः खुला गरेका छन् । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक तथा अन्य निजी कम्पनीहरूले प्रयोगकर्तालाई पुनः एक्स प्रयोग गर्न दिएको बताइएको छ । यद्यपि एक्समाथिको प्रतिबन्ध हटाइएको विषयमा भेनेजुएला सरकारले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसअघि संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य अनुसन्धान मिसनले भेनेजुएलाको दूरसञ्चार नियामक निकायलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा पूर्ण पहुँच पुनःस्थापना गर्न आग्रह गरेको थियो ।

मिसनले नागरिकहरूले सही र आवश्यक सूचना प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममाथिका प्रतिबन्ध हटाउनुपर्ने जनाएको थियो ।

हाल एक्समा पहुँच खुला भएसँगै भूकम्पपछिको अवस्थाबारे जानकारी आदानप्रदान गर्न तथा उद्धार तथा राहतसम्बन्धी सूचनाहरू प्राप्त गर्न नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै