• २०८३ असार १३ शनिबार

रास्वपाको महामन्त्रीमा पाँच जनाबीच प्रतिष्पर्धा हुने, पराजुलीसहितको समर्थन आचार्यलाई

रास्वपाको महामन्त्रीमा पाँच जनाबीच प्रतिष्पर्धा हुने, पराजुलीसहितको समर्थन आचार्यलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीका उम्मेदवार विपीन आचार्यलाई अन्य पाँच दाबेदारले समर्थन गरेका छन् ।

आचार्यलाई गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपीनलाई समर्थन जनाएको बताएका छन् । महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गरेर पराजुलीले पार्टी हितका लागि आचार्यलाई समर्थन गर्दै आफूहरूले मनोनयन फिर्ता लिएको बताए । 
अब महामन्त्रीमा विपीनसहित मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । आचार्य यसअघि पार्टीको सहमहामन्त्री थिए । 

महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सहमहामन्त्रीमा खुला तर्फ २ जनाका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सहमहामन्त्री एक महिलाका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिष्पर्धा हुने भएको आयोगले जनाएको छ ।

रास्वपाको पहिलो चरणबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन भइसकेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै