• २०८३ असार १३ शनिबार

भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या ५८९ पुग्यो

भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या ५८९ पुग्यो

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि ज्यान गुमाउनेको संख्या ५८९ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले दिएको जानकारीअनुसार भूकम्पमा परी हजारौ घाइते भएका छन्।

भूकम्पपछि उद्धार टोली भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएको छ । विशेषगरी भूकम्पपछिको ७२ घण्टालाई उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण समय मानिने भएकाले त्यस अवधिमा तीव्र रूपमा खोजी कार्य भइरहेको छ ।

अधिकारीहरूले भग्नावशेषबाट थप शव फेला पर्ने सम्भावना रहेकाले मृतकको संख्या अझै उल्लेख्य रूपमा बढ्न सक्ने बताएका छन् । उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन सहायता पनि निरन्तर पुर्‍याइँदै छ ।

विभिन्न रिपोर्ट अनुसार भेनेजुएलामा भूकम्पपछि करिब ४० हजार सम्पर्कविहीन रहेका छन् । तर सरकारले पर्याप्त सुचनाको अभावआमा यकिन आँकडा भन्न नसकिने बताएको छ । हाल संयुक्त राष्ट्रसंघदेखि विश्वका कैयौं देशले उद्धार टोली भेनेजुएला पठाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै