• २०८३ असार १३ शनिबार

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब १९: ४५ बजे उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै