• २०८३ असार १४ आइतबार

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार असार १० गते दिउँसो करिब १२ बजे जुम्लाको चन्दननाथ नगरपालिका–३ निवासी करिब ३० वर्षीय लवबहादुर सेजुवालले मादक पदार्थ सेवन गरी प्रतिष्ठानको अति संवेदनशील आकस्मिक कक्षमा प्रवेश गरेर ड्युटीमा रहेका चिकित्सकमाथि होहल्ला गर्दै अभद्र व्यवहार गरेका थिए ।

घटनालगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सेजुवाल यसअघि पनि अनधिकृत रूपमा प्रतिष्ठानभित्र प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको खुलेको प्रहरीले बताएको छ ।

उक्त घटनामा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । असार ११ गते जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै