• २०८३ असार १४ आइतबार

कम्युनिष्ट कमजोर हुनुका कारण खोजौं, गणतन्त्र जोगाउन एक हुनुपर्छ- माधव नेपाल

कम्युनिष्ट कमजोर हुनुका कारण खोजौं, गणतन्त्र जोगाउन एक हुनुपर्छ- माधव नेपाल

काठमाडौँ । नेकपाका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट कमजोर बनेको कारण खोज्नुपर्ने बताएका छन् । 

जननेता मदन भण्डारीको ७५औ जन्म जयन्ती समारोहमा बोल्दै नेपालले दुई तिहाई बहुमतमा रहेको कम्युनिष्टको आजको अवस्था कसरी आयो भन्ने विषयको कारण खोज्नुपर्ने बताए । 

नेता नेपालले यो एउटा पार्टीको विषय नभएको बताउदै सबैले आफ्नो पार्टीमा भएका कमजोरीको कारण पत्ता लगाएपछि मात्र एकताको बहस शुरु गर्न सकिने बताए । उनले व्यक्तिवादी चरित्र, भ्रष्टाचारसहित अन्य कारणले कम्युनिष्टको आजको अवस्था भएको बताउदै जनताको भावना बुझ्न नसकेको टिप्पणी गरे ।

नेता नेपालले अहिलेको सरकारका गतिबिधि शंकास्पद भएको भन्दै लोकतन्त्र र गणतन्त्रलाई जोगाउन कम्युनिष्टहरु एक हुनुपर्ने बताउदै मिल्नसक्ने विषयमा एकता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

नेपालले आत्मकेन्द्रित चिन्तनलाई र स्वार्थकेन्द्रित चिन्तनलाई नत्यागेसम्म एक हुन नसकिने स्पष्ट गर्दै जनतामा गएर जनताका समस्या बुझेर नै अगाडी बढ्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै