• २०८३ असार १८ बिहीबार

अन्तिम समयमा ह्यारी केन चम्किँदा डिआर कङ्गोमाथि इङ्ग्ल्यान्डको रोमाञ्चक जित

अन्तिम समयमा ह्यारी केन चम्किँदा डिआर कङ्गोमाथि इङ्ग्ल्यान्डको रोमाञ्चक जित

काठमाडौँ । कप्तान ह्यारी केनले अन्तिम समयमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई हारको मुखबाट फर्काएपछि डिआर कङ्गोलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुर्‍याएका छन् ।

इङ्ग्ल्यान्ड खेलबाट बाहिरिने संघारमा पुगेको अवस्थामा केन नायक बनेका थिए । खेलको सुरुवाती अग्रता ब्रायन सिपेङ्गाले दिलाएपछि डिआर कङ्गोले लामो समयसम्म त्यसलाई जोगाएको थियो । निर्धारित समय सकिन १५ मिनेट बाँकी रहँदासम्म इङ्ग्ल्यान्ड पराजयतर्फ उन्मुख देखिएको थियो ।

तर ७५औँ मिनेटमा कप्तान केनले हेडमार्फत बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि खेल सकिन चार मिनेट बाँकी रहँदा उनले शानदार व्यक्तिगत प्रयासमा अर्को गोल गर्दै इङ्ग्ल्यान्डलाई रोमाञ्चक जित दिलाए ।

डिआर कङ्गोका गोलरक्षक लियोनल म्पासीले खेलभर उत्कृष्ट बचाउ गर्दै इङ्ग्ल्यान्डलाई निराश बनाएका थिए । पहिलो हाफको इन्जुरी समयमा योआने विस्साले खाली पोस्टमा गोल गर्ने अवसर गुमाउँदै बल पोस्टमा प्रहार गरेका थिए । त्यो अवसर सदुपयोग भएको भए इङ्ग्ल्यान्डको पुनरागमन सम्भव नहुन सक्थ्यो । दोस्रो हाफमा प्रशिक्षक थोमस टुचेलले गरेको परिवर्तन प्रभावकारी बन्यो । वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा केनले उत्कृष्ट हेडमार्फत बराबरी गोल गरेका थिए । केनको दोस्रो गोल यस विश्वकपको उनको पाँचौँ गोल पनि हो । उनले पेनाल्टी क्षेत्रको बाहिर बल नियन्त्रण गर्दै रक्षकलाई छलाएर दायाँ खुट्टाले शक्तिशाली प्रहार गरे, जसलाई म्पासीले रोक्न सकेनन् ।

यस जितसँगै इङ्ग्ल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अब इङ्ग्ल्यान्डले मेक्सिको सिटीस्थित एज्टेका रङ्गशालामा सह-आयोजक मेक्सिकोसँग अन्तरिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै