• २०८३ असार १९ शुक्रबार

एन्फामा राजनीतिक हस्तक्षेप हुन दिदैनौं, फुटबलमा योगदान दिएको व्यक्तिले नेतृत्व गर्नुपर्छ- मन्त्री पोखरेल

एन्फामा राजनीतिक हस्तक्षेप हुन दिदैनौं, फुटबलमा योगदान दिएको व्यक्तिले नेतृत्व गर्नुपर्छ- मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अब एन्फामा राजनीतिक हस्तक्षेप हुन नदिने बताएका छन् ।

एन्फालाई फिफाले गरेको निलम्बन बारे सोधिएको प्रश्नको जवाफ दिदै मन्त्रीले एन्फामा विगतमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार भएको भन्दै अब त्यसो हुन नदिने बताएका हुन् । 

उनले फिफाले निलम्बन गर्दा दुख लागेको भएपनि अहिले नेपाली फुटबल यो भन्दा ताल जाने ठाउनै नभएकाले बोल्ड स्टेप लिएर एन्फा सुधार्ने बताए । उनले भने- 'अब बन्ने एन्फामा जसले फुटबलमा योगदान गरेका छन्, त्यस्ता व्यक्तिलाई ल्याएर एन्फा बनाउछौं । यो भन्दा तल जाने ठाउ नै छैन, अहिले फिफाले निलम्बन गर्दा दुख त लागेको छ । अब तल कति जान्छ र , अब हामीले केहि बोल्ड स्टेप लिन्छौं ।  तर अब यसलाई हामीले माथि उचाल्छौँ, सुधार्छौँ । एन्फालाई राजनीतिक अखडा हुन थोरै पनि दिदैनौं । भ्रष्टाचार हुन दिदैनौं ।'

मन्त्री पोखरेलले अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा हस्तक्षेप भएको बताउदै एन्फामा भ्रष्टाचार भएको उजुरी परेको र राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको नेतृत्वमा छानबिन समेत गठन गरेको समेत जानकारी दिएका छन् । 

उनले छानबिनको रिपोर्ट आउने बित्तिकै फिफासहितका सम्बन्धित निकायमा पठाउने बताउदै अहिलेको सरकारले हस्तक्षेप गरेर फिफाले एन्फालाई निलम्बन नगरेको दाबि गरे । 

एन्फाका पदाधिकारीले विश्वकप हेर्न जान नदिएको गुनासो गरेको विषयमा मन्त्री पोखरेलले विश्वकपमा एन्फाको पदाधिकारी नेपाली फुटबलले केहि न केहि आशा देखाउने काम गरेपछि मात्र जानु पर्ने बताए । उनले भने- 'नेपालले विश्वकप नै खेल्नुपर्छ भन्ने छैन, कुनै न कुनै आशा त देखाउनुपर्यो नि त । लोकल डिभिजनको केहि खेल भएको छैन । भ्रष्टाचार धेरै भएको भनेर प्रश्न उठेको छ । नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन । यो भन्दा तल नेपाल फुटबल जाने ठाउ नै छैन ।'

उनले सरकारले फिफा र एएफसीसँग कुरा गरेको र उनीहरुलाई वार्तामा बोलाएको समेत बताएका छन् । उनले भने- 'हामीले अगाडी कसरी बढ्ने भनेर विभिन्न विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । फिफासँग हाम्रो अन्तरक्रिया शुरु भइसकेको छ । हामीले फिफा र एएसीका पदाधिकारीलाई बार्तामा बोलाएका छौं । उहाँहरु आउनुभयो भने कुरा भैहाल्छ ।'

उनले नेपालको फुटबलप्रति सरकार सम्बेदनशील रहेको बताउदै नेपालको फुटबललाई जसरी पनि माथि उठाउने अठोट रहेको र अब बन्ने एन्फामा राजनीतिक रुपमा हैन, फुटबलमा योगदान गरेका व्यक्तिहरुलाई ल्याउने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै