• २०८३ असार १९ शुक्रबार

आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई ३ मा विश्वभर ‘अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस’ मनाइन्छ । वातावरणलाई हानि पुर्‍याउने एकपटक मात्रै प्रयोग हुने प्लास्टिक झोलाको प्रयोग घटाउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।

यो दिवस ‘जिरो वेस्ट युरोप’ नामक संस्थाको पहलमा सुरु भएको हो । संस्थाले दैनिक जीवनबाट एकपटक प्रयोग गरेर फालिने प्लास्टिकको प्रयोग पूर्ण रूपमा हटाउने अभियान सञ्चालन गर्दै आएको छ ।

संस्थाका अनुसार सन् २०१० मा युरोपेली सङ्घमा प्रयोग भएका करिब ९५ अर्ब ५० करोड प्लास्टिकका झोलामध्ये ९२ प्रतिशत एकपटक मात्रै प्रयोग हुने खालका थिए । यसले वातावरणमा ठूलो असर पारेको भन्दै प्लास्टिकको प्रयोग घटाउन अभियान सुरु गरिएको थियो ।

यो दिवस सन् २००८ मा ‘रेजिरो’ नामक संस्थाले पहिलो पटक सुरु गरेको थियो ।  सुरुमा यो अभियान स्पेनको क्याटालोनिया क्षेत्रमा मात्र मनाइएको थियो । त्यसको एक वर्षपछि ‘जिरो वेस्ट युरोप’ ले यसलाई युरोपेली सङ्घभर विस्तार गर्दै अन्तर्राष्ट्रिय अभियानका रूपमा अघि बढाएको थियो । त्यसपछि विभिन्न देशहरूले एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग घटाउने नीति तथा कार्यक्रम लागू गर्न थाले ।

युरोपेली सङ्घले सन् २०१५ मा प्लास्टिक झोलासम्बन्धी निर्देशिका लागू गरेको थियो । यसको लक्ष्य सन् २०१८ सम्म प्रतिव्यक्ति वार्षिक प्लास्टिक झोलाको प्रयोग ९० वटामा सीमित गर्ने र सन् २०२५ सम्म त्यसलाई घटाएर ४० वटामा पुर्‍याउने रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै