• २०८३ असार २० शनिबार

आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने

आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने भएका छन् ।

फाइनल खेलमा आइतबार आयोजक इङल्याण्ड र अस्ट्रेलिया लर्ड्स मैदानमा आइतबार आमने सामने हुने भएका हुन् ।

सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यसैगरी इङल्याण्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

महिला टी- २० विश्वकपमा अस्ट्रेलिया आठौ पटक फाइनल खेल्दैछ । अस्ट्रेलियाले यसअघि ६ पटक २०१०, २०१२, २०१४, २०१८, २०२०, २०२३ मा उपाधि जितेको थियो भने २०१६ मा उपविजेता बनेको थियो ।

त्यस्तै इङल्याण्डले २००९ मा उपाधि जितेको थियो भने २०१२, २०१४ र २०१८ मा उपविजेता बनेको थियो । त्यस्तै २०२४ मा न्यूजील्याण्ड र २०१६ मा वेस्ट इन्डिजले विश्वकप जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै