धनगढी । बैतडीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बैतडीको पाटन नगरपालिकास्थित गैराखानमा शुक्रबार यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
धनगढीबाट बैतडीतर्फ गइरहेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिरहेका छन् ।
बसमा यात्रा गरिरहेका यात्रुको संख्या यकिन हुन सकेको छैन भने घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।









