• २०८३ असार २२ सोमबार

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र व्यावसायिक संस्थाका रूपमा विकास गर्छौं- मन्त्री तिमिल्सिना

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र व्यावसायिक संस्थाका रूपमा विकास गर्छौं- मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन नीति लिएको बताएका छन्।

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षण मुद्रण केन्द्रलाई २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। उक्त रकम राष्ट्रिय सुरक्षणसम्बन्धी दस्तावेज स्वदेशमै उत्पादन गरी विदेशमा रहेको निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र राज्यको राजस्व बढाउने उद्देश्यका साथ विनियोजन गरिएको उनले बताए।

मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा केन्द्रले २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको जानकारी दिए। आगामी आर्थिक वर्षदेखि नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकटलगायत थप सुरक्षण दस्तावेजको उत्पादन पनि केन्द्रबाटै गर्ने तयारी भइरहेको उनले बताए।

उनका अनुसार सुरक्षण मुद्रण केन्द्रमा गरिएको लगानी उपभोग खर्च नभई दीर्घकालीन प्रतिफल दिने पुँजीगत लगानी हो। यसबाट राष्ट्रिय सुरक्षण सुदृढ हुनुका साथै स्वदेशमै सुरक्षण मुद्रणको क्षमता विस्तार, विदेशी मुद्रा बचत र सरकारी आम्दानी वृद्धि हुने विश्वास सरकारले लिएको उनले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै