• २०८३ असार २३ मंगलबार

रौतहटबाट एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ

रौतहटबाट एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ

रौतहट । रौतहटमा एक राउण्ड गोली लोड रहेको एक नाल कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

रौतहटको गरुडा नगरपालिका-५ झाझपुलस्थित गम्हरिया बिर्ता निवासी गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा अन्दाजी ४२ वर्षीय सदरे आलमलाई फेला पारी शरीर खानतलासी गर्दा निजको कमरमा भिरेको अवस्थामा एक राउण्ड गोलीसहित कटुवा पेस्तोल फेला परेको थियो । उनले सोही मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद रुपैयाँ लुकाई-छिपाई राखेको खुल्न आएको छ ।

निज सदरे आलमलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने लाइभ राउण्ड गोली ४ (चार) थान, ब्ल्याङ्क राउण्ड १ (एक) थान, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार पाँच सय , नेपाली रुपैयाँ ३२ हजार पाँच सय तथा नाइट्राभेट ट्याबलेट २ (दुई) पिस बरामद भएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै