रौतहट । रौतहटको गौर नगरपालिका २ स्थित एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ ।
पीडितको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मजफरपुर जिल्ला मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, मजफरपुर जिल्ला बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम तथा मजफरपुर जिल्ला क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् । प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।









