काठमाडौं । प्रतिनिधि सभाको बैठक विहिबारसम्मका लागि स्थगित भएको छ ।
बुधबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुचना टाँस गरेर विहिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
आजको बैठकमा जको बैठकमा कानुनमन्त्री सोबिता गौतमले प्रतिवेदन पेश गर्ने र विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकोमा मन्त्री गौतम राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक विहिबारसम्मका लागि स्थगित गरिएको बुझिएको छ ।









