• २०८३ असार २५ बिहीबार

प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज कृषि तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बिहान ८ बजेदेखि बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका अनुसन्धान केन्द्र एवं कार्यक्रमहरूको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षाको कार्यसूची रहेको छ ।

बिहान साढे ८ बजेदेखि बस्न लागेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेश र छलफलको कार्यसूची रहेको छ भने विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिको समयावधि थपको कार्यसूची रहेको छ ।    

त्यस्तै बिहान ९ बजेदेखि शुरु हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै