काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।
बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको छ ।









