• २०८३ असार २४ बुधबार

एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा जुलाई ११ देखि हुने एसीसी यू १९ वुमन्स प्रिमियर कपको लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै