• २०८१ बैशाख १५ शनिबार

चीनमा गोप्य सर्च इन्जिन निर्माण गर्न लागेको भन्दै गुगलका कर्मचारीको विरोध

kharibot

सानफ्रान्सिस्को। चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । 

गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् । 

तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ । 

अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै