• २०८३ असार २९ सोमबार

देशभर ४५.८१ प्रतिशत धान रोपाइँ, गण्डकीमा सबैभन्दा बढी

देशभर ४५.८१ प्रतिशत धान रोपाइँ, गण्डकीमा सबैभन्दा बढी

काठमाडौँ । देशभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष सोही अवधिमा भने ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६५.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत क्षेत्रमा,   बागमतीमा ५७.१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, मधेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९३. १० प्रतिशत, कर्णालीमा ८३.२३ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७१.०३ प्रतिशत, कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ । यसको प्रमुख कारण मनसुन ढिला शुरु हुनु र मलखादको व्यवस्था नहुनु रहेको बताइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै