हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।
चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









