महोत्तरीमा क्यान्सर रोगको उपचार सुरु

खरीबोट

महोत्तरी । महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले क्यान्सर रोगको उपचार गर्न सुरु गरेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न क्यान्सर रोग उपचार केन्द्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

पूर्वी नेपालमा क्यान्सर रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा शुरुवात गरिएको ट्रष्टका अध्यक्ष डा राकेश साहले बताए । अब क्यान्सरपीडितलाई काठमाडौँ वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उनले सामुदायिक क्यान्सर अस्पतालको परिकल्पना गरेर सेवाको शुरुवात गरिएको बताए ।

हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको र यसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण र क्यान्सर रोगको उपचारका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेशन र ट्रष्टले लिएका छन् ।

चार वर्षमा पूर्वाधार निर्माण र उपकरण राख्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने क्यान्सरको ओपिडी सञ्चालनमा रहनेछ ।फाउन्डेशनका अनुसार सेन्टरका लागि रु ७० करोडभन्दा बढी लाग्ने अनुमान छ ।

सम्बन्धित समाचार

बालबालिकालाई पनि हुन सक्छ क्यान्सर ?

काठमाडौँ । हाल विश्वभर क्यान्सर रोगीको संख्या बढ्दो क्रममा छ । धूमपान, मद्यपान गर्ने र वृद्धवृद्धालाई मात्र क्यान्सर रोग लाग्छ भन्ने कतिपयको धारणा हुन सक्छ । तर, नेपालमा हरेक वर्ष करीब

समयमै परीक्षण गर्न सके रोकथाम गर्न सकिन्छ पाठेघरको क्यान्सर

चितवन । समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुन सक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट

राकेश रोशनलाई पहिलो स्टेजको क्यान्सर !

काठमाडौँ । बलिवुडका चर्चित निर्माता, निर्देशक तथा अभिनेता राकेश रोशनलाई घाटीको क्यान्सर भएको छ । अभिनेता ऋतिक रोशनले आफ्ना पितालाई पहिलो स्टेजको क्यान्सर भएको खुलासा गरेका छन् ।  ऋतिकले सो जानकारी

नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई मुक्तिनाथले दियो ५० हजार 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३औं वार्षिक उत्सवको अवसरमा  सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको छ ।  बैंकले गैरनाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । ग्रुपका प्रतिनिधि


z